बिहिबार, फाल्गुन २८, २०८२ | March 12, 2026

विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • Naveen Sanchar

  • बिहिबार, साउन २५, २०८०

  • 583
    Views
विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । दोलखास्थित मेलुङ गाउँपालिकाको आयोजना, लाइन्स क्लब अफ काठमाडौं रेडियन्सको प्राविधिक सहयोग र सितली अस्पतालको व्यवस्थापनमा मेलुङ वार्ड न. ७, सितलीमा विशेषज्ञ सेवा सहितको दुईदिन निः शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा आँखा रोग विशेषज्ञ डा. तेज्सु सिंह मल्ल, नाक कान घाँटी रोग विशेषज्ञ डा. अलिशा महर्जन , छाला तथा चर्म रोग विशेषज्ञ डा. अलिना कार्की , बाल रोग विशेषज्ञ डा. ऋतु लामिछाने , रेडियोलोजिस्ट डा. विभेक खड्का , लागएत जेनेरल तर्फ डा. रविन बस्नेत , डा. मनिष थापा , डा. दीक्षा लामिछाने , डा. साबिर शही अन्सारी, दन्तरोग डा. निता बडाल, रेडियोलोजिस्ट डा.आरती सिंह र प्रबंधकीय कार्यमा श्री तृमिर महर्जन सहितका विशेषज्ञ चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो।
रेडियन्सका तर्फबाट डा. अलिना कार्कीले संयोजन गर्नभएको उक्त शिविरमा ४०० जना ग्रामीण जनताहरु लाभान्वित भएको र लडेर नाकमा गहिरो चोट लागेका मानिसको सामन्य अपरेसन(माइनर ओटी) समेतको सेवा प्रदान गरिएको जानकारी क्लबका अध्यक्ष डा. रविन बस्नेतले बताउनुभयो ।लाइन्स क्लब अफ काठमाडौं रेडियन्स लाइन्स ३२५ जि अन्तर्गतको प्रचुर सेवा प्रदायक क्लब रहेको र यो पहिलो उपत्यका बाहिरको कार्यक्रम सम्पन्न हुदा हर्षित भएको क्लबका चार्टर अध्यक्ष एवम रिजन चेएर डा. तेज्सु सिंह मल्ले बताउनु भयो । यो शिविरलाई अझै उन्नत बनाएर क्लबको क्यालेन्डर कार्यक्रम अनुसार लानु पर्नेमा डा. मल्लले जोड दिनुभयो। स्थानीयबासीले सेवाका लागि चिकित्सकको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha