
काठमाडौँ । नागार्जुन नगरपालिकाले आँखा पाक्ने रोगबाट सचेत रहन नगरवासीलाई अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय सुमन अधिकारीले विहीबार एक सूचना जारी गर्दै रोगको समस्या बढ्दै गएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था र विद्यार्थीको लागि विद्यालय नर्ससँग सम्पर्क गरी उचित परामर्श र उपचारको लागि अनुरोध गर्नुभएको हो ।विगत केही समयता व्यापक रुपमा फैलिरहेको सो रोगका प्रमुख लक्षण, बच्ने उपाय र रोग लागेमा अपनाउनुपर्ने उपाय सूचनामा उल्लेख छ । हेर्नुहोस् सूचना ।