शुक्रबार, मंसिर १५, २०८० | December 1, 2023

एनआरएनए चेक गणतन्त्रका नव निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

एनआरएनए चेक गणतन्त्रका नव निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

  • Naveen Sanchar

  • मङ्लबार, साउन २३, २०८०

  • 931
    Views
एनआरएनए चेक गणतन्त्रका नव निर्वाचित पदाधिकारीद्वारा  पदभार ग्रहण

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद, चेक गणतन्त्रका अध्यक्ष बैकुण्ठ रायमाझी लगायत नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सो अवसरमा महासचिव सन्तु प्रसाद अर्याल र कोषाध्यक्ष रामहरी ढुङेललाई निवर्तमान पदाधिकारीले निर्णय पुस्तिका तथा कोष हस्तान्तरण गर्नुभएको थियो । नबनिर्बाचित आइसीसी सदस्य उत्तम कुमार आचार्य, वरिष्ठ उपाध्यक्ष गिरीश कँडेल, उपाध्यक्ष दुर्गा प्रसाद अर्याल, सूर्य सुवेदी, युवा उपाध्यक्ष विनोद रिमाल, युवा सम्योजक अजय घलान, महिला संयोजक मीरा तामाङ लगायतले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो। उक्त कार्यक्रममा उठेका प्रश्न जिज्ञासाको समाधान सहित कार्यक्रमको समापन नवनिर्वाचित अध्यक्ष रायमाझीले गर्नुभएको थियो । गुल्मी जिल्ला मुसिकोट ७ निवासी नवनिर्वाचित अध्यक्ष रायमाझी सरल स्वभावका समाजसेवी, लोक गायक तथा भाका संकलक समेत हुनु हुन्छ । विगत लामो समयदेखि रायमाझीले चेक गणतन्त्रलाई कर्मथलो बनाउँदै आउनु भएको छ। पदभार ग्रहण गरेपश्चात् नवीनसञ्चारसँग कुराकानी गर्दै अध्यक्ष रायमाझीले सम्पूर्ण गैर आवासीय नेपालीको सेवामा खटेर संलग्न हुने प्रतिबद्धता जनाउनुभयो । अनलाइन निर्वाचन प्रणालीबाट हालै निर्वाचन सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha