
काठमाडौँ । नेपाल अक्सिजन ग्याँस उत्पादक संघको १३ औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा गौरव शारदा पुनः निर्विरोध चयन हुनुभएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्रकुमार संघाई, सचिवमा नारायण दत्त तिमिल्सिना, कोषाध्यक्षमा प्रह्लाद तिमिल्सिना र शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र सचिवमा निर्वाचित हुनुभएको छ भने सदस्यमा शरद खनाल रहनुभएको छ । मारवाडी समुदायबाट निर्वाचित अध्यक्ष शारदा, उपाध्यक्ष संघई र सदस्य अग्रवाललाई मारवाडी सेवा समितिले बधाई ज्ञापन गरेको छ । सरकारले कोभिड १९ महामारीको समयमा लिएका अक्सिजन ग्यासका सिलिण्डर हालसम्म फिर्ता नदिँदा उद्योगलाई गम्भीर आर्थिक नोक्सानी पुगेकोले यसतर्फ सरकारको ध्यानाकर्षण गराउने साधारणसभाले निर्णय गरेको छ । संघले अक्सिजन सिलिण्डरको गुणस्तर, मापदण्ड र नियमनका लागि आवश्यक नीति, योजना तथा कानून तर्जुमा गर्न सम्बन्धित निकायलाई दवाब दिने निर्णय समेत गरेको जनाएको छ ।