सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

गैर आवासीय नेपालीको निम्ति जीवन समर्पण गर्नेछु : नवनियुक्त अध्यक्ष रविना अर्याल

गैर आवासीय नेपालीको निम्ति जीवन समर्पण गर्नेछु : नवनियुक्त अध्यक्ष रविना अर्याल

  • Naveen Sanchar

  • सोमवार, साउन २२, २०८०

  • 171
    Views
गैर आवासीय नेपालीको निम्ति जीवन समर्पण गर्नेछु  : नवनियुक्त अध्यक्ष रविना अर्याल

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए),राष्ट्रिय समन्वय परिषद, साउदी अरेबियाकी नवनियुक्त अध्यक्ष रबिना अर्यालले आफ्नो जीवन गैर आवासीय नेपालीको अधिकारका लागि समर्पण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पदभार ग्रहणपश्चात् नवीनसञ्चार डटकम अनलाइन न्युज पोर्टलसँग कुरा गर्दै अध्यक्ष अर्यालले पूर्ण इमान्दारी र लगनशीलताका साथ साउदी अरेयिबास्थित नेपालीको हकहितका लागि अहोरात्र खट्ने बताउनुभयो । एनआरएनए साउदी अरेबियाका स्रोत परिचालन गर्न समन्वय र सहजीकरण गर्दै विविध गतिविधि सञ्चालन गर्ने अर्यालको भनाई छ । आफ्नो कार्यकालमा नेपाली पहिचान र सांस्कृतिक सम्पदालाई परिचित गराउने, कायम राख्ने र प्रवद्र्धन गर्ने उहाँले जानकारी दिनुभयो । गैरआवासीय नेपालीको उन्नतिका निम्ति योगदान गर्ने आफ्नो उद्देश्य रहेको बताउँदै अर्यालले नेपालको समग्र विकासमा सहजीकरण गर्ने समेत जानकारी दिनुभयो ।साउदी अरेबियाको लगानीलाई नेपालको विकास प्रयासमा सहयोग गर्न प्रोत्साहन र सहजीकरण गर्ने उहाँको लक्ष्य छ ।
एनआरएनए साउदी अरेबियाको उद्देश्य हासिल गर्न सम्मेलन तथा कार्यक्रम आयोजना गर्ने, साउदी अरेबियामा रहेका नेपालीबीच आपसी मित्रता र समझदारी बढाउने तथा नेपाल र साउदीबीचको सम्बन्ध सुधार गर्न आवश्यक सहयोग गर्ने उहाँको भनाई छ ।उहाँले विपद् र मानवीय पीडाको समयमा मानवीय र राहत कार्यमा सहयोग र सहयोग गर्ने तथा एनआरएनको हित, अधिकार, विशेषाधिकार र उन्मुक्तिको प्रवर्द्धन र संरक्षण गर्न समान चासो भएका अन्य राष्ट्रिय र विश्वव्यापी गैर–लाभकारी संस्थाहरूसँग समन्वय गर्ने समेत जानकारी दिनुभयो ।संस्थाको नवौँ महाधिवेशनबाट साउदी अरवमा रहेका गैरआवासीय नेपालीको हकहितका लागि विगत लामो समयदेखि काम गर्दै आउनुभएकी अर्यालले सो जिम्मेवारी प्राप्त गर्नुभएको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha