बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

हेमबहादुर मल्ल सम्मानका लागि नाम सिफारिस गर्न आह्वान

हेमबहादुर मल्ल सम्मानका लागि नाम सिफारिस गर्न आह्वान

  • Naveen Sanchar

  • सोमवार, साउन २२, २०८०

  • 286
    Views
हेमबहादुर मल्ल सम्मानका लागि नाम सिफारिस गर्न आह्वान

काठमाडौँ । नेपाल जनप्रशासन संघले कुशल प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्मानमा साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा २०५९ सालमा स्थापित हेमबहादुर मल्ल सम्मानका लागि निर्धारित मापदण्ड पूरा भएका व्यक्ति वा संस्थाको नाम  सिफारिश गर्न आह्वान गरेको छ । सार्वजनिक प्रशासन, व्यवस्थापन र सेवाका विविध क्षेत्रमा उत्कृष्ट योगदान पु-याउने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष रु दुई लाख धनराशिका साथ संघले सो सम्मान प्रदान गर्दै आएको छ । उक्त सम्मानबाट सम्मानित गर्नका लागि योग्य व्यक्ति वा संस्थाको नाम र विवरण भाद्र १० गतेभित्र सम्भावित व्यक्तित्वको संक्षिप्त परिचयसहित  इमेल वा पत्र मार्फत उपलव्ध गराइदिन संघले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha