बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

यस्ता छन् कर्मचारी सञ्चय कोषले प्रदान गर्दै आएका सामाजिक सुरक्षा सुविधा

यस्ता छन् कर्मचारी सञ्चय कोषले प्रदान गर्दै आएका सामाजिक सुरक्षा सुविधा

  • Naveen Sanchar

  • आइतवार, साउन २१, २०८०

  • 96
    Views
यस्ता छन् कर्मचारी सञ्चय कोषले प्रदान गर्दै आएका सामाजिक सुरक्षा सुविधा

नवीनसञ्चार संवाददाता, काठमाडौँ ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःख भाग्भवेत् ।
(सबैजना सुखी होऊन्, सबै निरोगी होऊन्, सबैको कल्याण होस् र कसैलाई दुः ख नहोस् )
पूर्वीय दर्शनमा बहुप्रचलित माथिको श्लोकलाई चरितार्थ गरेको छ नेपालको अग्रणी सामाजिक सुरक्षा संस्था कर्मचारी सञ्चय कोषले । कोषले आफ्ना सञ्चयकर्ताको हितका निम्ति मुनाफारहित रुपमा सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार सुविधा, काजक्रिया अनुदान र दुर्घटना क्षतिपूर्ति योजना सञ्चालन गर्दै आएको छ । कोषले अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा संस्थाको सदस्यता समेत प्राप्त गरी सामाजिक सुरक्षाका क्षेत्रमा देखिएका अन्तर्राष्ट्रिय असल अभ्यासको अनुसरण समेत गर्दै आएको छ । प्रस्तुत छ , कोषले प्रदान गर्दै आएका सामाजिक सुरक्षा सुविधाका सम्बन्धमा संक्षिप्त जानकारी :

सञ्चयकर्ता स्वास्थ्योपचार योजना

-सञ्चयकर्ता आफू बिरामी भई गरिएको उपचार खर्चमध्ये साधारण रोगतर्फ प्रत्यृेक आर्थिक वर्षमा रु. १ लाखसम्म र घातक रोगतर्फ तमाम सेवा अवधिमा रु. १० लाखसम्मको उपचार खर्चको सोधभर्ना गरिने ।
-उपचार खर्चको शोधभर्ना सुविधा लिन सञ्चयकर्ता अस्पताल भर्ना भई उपचार गराएको हुनुपर्ने, अस्पताल भर्ना भई उपचार गराएको अवधिको उपचार खर्चमात्र शोधभर्ना गरिने ।
-कोषमा कम्तीमा ६ महिनादेखि नियमित रुपमा सञ्चयकोषकट्टी गरेको हुनुपर्ने ।
-नेपाल सरकारबाट सञ्चालन अनुमति प्राप्त गरी नेपाल राज्यभित्र सञ्चालित अस्पताल, नर्सिङ्ग होम, स्वास्थ्य केन्द्रमा उपचार गरेको खर्चको मात्र दावी गर्न पाइने ।
-यस योजनाबाट सुविधा लिन सञ्चयकर्तालाई कुनै प्रकारको आर्थिक दायित्व नपर्ने ।

सुत्केरी तथा शिशु स्याहार सुविधा


नियमित कोष कट्टी गरिरहेका महिला सञ्चयकर्ता आफैँ वा सञ्चयकर्ताको पत्नी सुत्केरी भएमा यो सुविधा प्राप्त गर्न सकिने
सञ्चयकर्ताले नोकरी अवधिमा २ पटकसम्म यो सुविधा पाउने । प्रति प्रसूति ७ हजार ५ सय प्रदान गरिने ।

काजक्रिया अनुदान

सञ्चयकर्ताको सेवाकालमा नै मृत्यु भएमा निजको हकवालालाई आर्थिक अनुदान स्वरुप ४० हजार रुपैयाँ प्रदान गरिने ।
दुर्घटना क्षतिपूर्ति योजना


दुर्घटनामा परी सञ्चयकर्ताको सेवाकालमा मृत्यु वा पूर्ण अंगभंग भएमा निज वा निजको हकवालालाई २ लाख रुपैयाँ आर्थिक सहयोग स्वरुप प्रदान गरिने ।

योगदानमा आधारित निवृत्तिभरण योजना


-२०७६ श्रावण १ पछि स्थायी नियुक्ति हुने निजामती सेवा, नेपाल सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी बल नेपाल र नेपाल विशेष सेवाका कर्मचारीका लागि योगदानमूलक निवृत्तिभरण योजना लागू गरिएको हो ।
-यस योजनामा सहभागी हुने कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत कट्टा गरिने र सोही अनुपातमा नेपाल सरकारको योगदान हुने व्यवस्था छ ।
-प्रत्येक ३ वर्षमा निवृत्तभरण रकम १० प्रतिशतका दरले बढीमा ५ पटकसम्म बढ्ने ।
-२० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीको व्यक्तिगत खातामा जम्मा भएको रकम निवृत्तभरण कोष ऐन, २०७५ मा भएको व्यवस्था अनुरुप भुक्तानी पाउने ।
-२० वर्ष सेवा अवधि पूरा नहुँदै सेवामा नरहेमा कोषमा जम्मा भएको रकम, ब्याज रकम र मुनाफा रकम एकमुष्ठ भुक्तानी पाउने ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha