आइतवार, चैत्र १, २०८२ | March 15, 2026

आकार

आकार

  • Naveen Sanchar

  • शनिबार, साउन २०, २०८०

  • 193
    Views
आकार

महेश्वर शर्मा

बगरले भन्यो, ‘खोलाजस्तै हुनू
बाटो आफैँ बनाउनू ।’
खोलाले भन्यो, ‘ढुङ्गाजस्तै हुनू
कहिल्यै नरुनू ।’
ढुङ्गालाई आकार दिएपछि धेरैले भने,
‘गज्जब मूर्ति भएछ ।’
ढुङ्गालाई मात्रै थाहा छ
छिनाले कहाँ कहाँ कहाँ खोपेको छ
रुख ढालियो
रुखलाई आकार दिएर घर बनाइयो
धेरैले भने, ‘गज्जब घर बनेछ ।’
रुखलाई मात्रै थाहा छ
बसुल्लाले कहाँ कहाँ ताछेको छ
केही आकार बन्न
खोपिनु पर्नेरहेछ
ताछिनु पर्नेरहेछ
मलाई भने न खोपिन मन छ
न ताछिन
तर आकार बन्न चाहिँ जरुर मन छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha