
चितवन । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको सातौँ राष्ट्रिय परिषद् बैठक आगामाी असोज ६ र ७ गते चितवनको भरतपुरमा हुने भएको छ । एसोसिएसनको शनिबार सम्पन्न केन्द्रीय समितिको दुईदिने बैठकले सो निर्णय गरेको हो ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको सभापतित्वमा सम्पन्न बैठकले विभिन्न केन्द्रीय विभागीय समिति समेत गठन गरेको छ ।साथै लेखापढी कानून व्यवसायीको पेशागत हकहितका लागि विभिन्न निर्णय गरेको एसोसिएसनका केन्द्रीय सदस्य वासुदेव मिश्रले जानकारी दिनुभयो ।