बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

कोष पत्रिकाको ९० औँ अङ्क प्रकाशित हुने

कोष पत्रिकाको ९० औँ अङ्क प्रकाशित हुने

  • Naveen Sanchar

  • शुक्रबार, साउन १९, २०८०

  • 203
    Views
कोष पत्रिकाको ९० औँ अङ्क प्रकाशित हुने

नवीनसञ्चार संवाददाता

काठमाडौँ । कर्मचारी सञ्चय कोषको नियमित प्रकाशन कोष पत्रिकाको ९० औँ अङ्क कोषको ६२ औँ वार्षिकोत्सव विशेषाङ्कका रुपमा प्रकाशित हुने भएको छ । उक्त पत्रिकामा व्यवस्थापनका नवोदित मूल्य मान्यता, मानव संशाधन व्यवस्थापनका मान्यता, चुनौति र अवसर, सार्वजनिक सेवामा नैतिक मूल्य र मान्यता, सेवाग्राही सम्बन्ध व्यवस्थापन, सार्वजनिक सेवाप्रवाहका नवीनतम अभ्यास र कर्मचारी सञ्चय कोषमा तिनको उपयोग, कर्मचारी सञ्चय कोषले प्रवाह गर्ने सेवा सुविधामा सुधारको मार्गचित्र लगायतका विषयमा लेखरचना प्रकाशित हुने कोषले जनाएको छ । साथै, नेपालका सार्वजनिक संस्थानको औचित्य,भूमिका र चुनौति, सार्वजनिक संगठनमा ज्ञान व्यवस्थापन, रणनीतिक व्यवस्थापन र कार्यसम्पादन व्यवस्थापनको उपयोगिता, चालु आर्थिक वर्षको वित्तीय नीति तथा मौद्रिक नीति,पूँजीबजार, बैंकिंग तथा वित्तीय प्रणाली, लेखा र लेखाप्रणाली, संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण प्रणाली, सम्पत्ति शुद्धीकरण, सामाजिक सुरक्षा तथा सामाजिक बीमा, संस्थागत सामाजिक उत्तरदायित्व, समावेशिता, दिगो विकास जस्ता विषय समेत पत्रिकामा समेटिने कोषद्वारा जारी सूचनामा उल्लेख छ । पत्रिकाको लागि श्रावण २० गतेभित्र इमेलमार्फत लेखरचना पठाउन कोषले अनुरोध गरेको छ । यसैबीच भाद्र ३१ गते कोषको ६२ औं वार्षिकोत्सव भव्य रुपमा मनाउने तयारी भइरहेको कोषले जानकारी दिएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha