
काठमाडौँ । नेपाल नेपाल राष्ट्र बैंकको सहप्रवक्तामा गभर्नर कार्यालयका निर्देशक डा. डिल्लीराम पोख्रल नियुक्त हुनुभएको छ । पोखरेललाई बुधबारदेखि लागू हुनेगरी उक्त जिम्मेवारी तोकिएको हो ।उहाँले जापानस्थित ओसाका साङ्यो विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ ।
वि.सं. २०५८ मा अर्थशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्वर्णपदक प्राप्त गरेपछि उहाँलाई राष्ट्र बैंकले सहायक निर्देशक पदमा नियुक्त गरेको थियो । त्यसअघि १४ वर्ष आर्थिक अनुसन्धान विभाग निर्देशक रहिसक्नुभएका पोख्रेलले गण्डकी प्रदेश कार्यालय पोखरा कार्यालयमा कार्यालय प्रमुखको भूमिका निर्वाह समेत निर्वाह गर्नुभएको छ ।