बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

प्रकाश मानवअधिकार पुरस्कारद्वारा कपिलवस्तुकी खातुन सम्मानित

प्रकाश मानवअधिकार पुरस्कारद्वारा कपिलवस्तुकी खातुन सम्मानित

  • Naveen Sanchar

  • मङ्लबार, साउन १६, २०८०

  • 79
    Views
प्रकाश मानवअधिकार पुरस्कारद्वारा कपिलवस्तुकी खातुन सम्मानित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कपिलवस्तुकी मानवअधिकारकर्मी रुकैया खातुनलाई प्रकाश मानवअधिकार पुरस्कार २०८० बाट सम्मानित गरेको छ । ललितपुरमा मंगलबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले खातुनलाई सम्मान पत्रसहित ५० हजार नगद प्रदान गर्नुभएको थियो । विगत लामो समयदेखि शोषण तथा विभेद मुक्त समाज निर्माणमा दिएको योगदानको कदर गर्दै खातुनलाई आज पुरस्कार प्रदान गरिएको इन्सेकले जनाएको छ । खातुनले आफूलाई प्राप्त पुरस्कारको रकम सामाजिक काममा सदुपयोग गर्ने घोषण गरेकी छन् । इन्सेकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उहाँलाई सम्मानित गर्ने निर्णय गरेको थियो ।नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्‍याएको योगदानको स्मरण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ ‘प्रकाश स्मृति दिवस’ को अवसरमा इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha