बिहिबार, मंसिर १४, २०८० | November 30, 2023

इन्सेकद्वारा ककनीमा वृक्षरोपण गरी प्रकाश काफ्लेको सम्झना

इन्सेकद्वारा ककनीमा वृक्षरोपण गरी प्रकाश काफ्लेको सम्झना

  • Naveen Sanchar

  • मङ्लबार, साउन १६, २०८०

  • 105
    Views
इन्सेकद्वारा ककनीमा वृक्षरोपण गरी प्रकाश काफ्लेको सम्झना

काठमाडौँ । मानवअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा क्रियाशील नेपालको अग्रणी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव प्रकाश काफ्लेको ३१ औँ स्मृति दिवसका अवसरमा मंगलबार ककनी गाउँपालिका-५, ककनीस्थित थाईपार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।दुप्चेश्वर गाउँपालिका-१, घ्याङफेदीमा २०४९ साउन १६ गते भएको थाई एयर दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा ककनी गाउँपालिका-५, ककनीमा थाई एयर स्मृति पार्क निर्माण गरिएको छ । सोही दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा वृक्षरोपण कार्यक्रम गरिएको हो ।

प्रकाश स्मृति दिवसको अवसरमा ३१ ओटा विरुवा रोपिएको हो । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, ककनी गाउँपालिका(५ का वडा अध्यक्ष बुद्धराज तामाङ, इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल, संस्थापक अध्यक्ष सुशील प्याकुरेल, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम लगायतको सहभागितामा विरुवा रोपिएको हो । ओखर, पैयुँ, कटुस लगायतका विरुवा थाई एयर स्मृति पार्क परिसरमा रोपिएको वडा अध्यक्ष बुद्धराज तामाङले जानकारी दिनुभयो ।वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको बताउँदै वृक्ष र मानवको बलियो सम्बन्ध रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भयो । इन्सेकको आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल युएन तालिम शिक्षालय ककनीको सहकार्य, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र व्यवस्थापन समिति ककनी ओखरपौवाको समन्वय र ककनी गाउँपालिकाको सहजीकरण रहेको थियो ।

वृक्षरोपण गर्नुहुँदै इन्सेक अध्यक्ष डा. कुन्दन अर्याल, पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल र कार्यकारी निर्देशक विजयराज गौतम


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha