शुक्रबार, चैत्र ७, २०८१ | March 21, 2025

एनआरएनए इटालीको आठौँ अधिवेशन, अध्यक्षमा भवेशकुमार सिंह

एनआरएनए इटालीको आठौँ अधिवेशन, अध्यक्षमा भवेशकुमार सिंह

  • Naveen Sanchar

  • सोमवार, साउन १५, २०८०

  • 101
    Views
एनआरएनए इटालीको आठौँ अधिवेशन, अध्यक्षमा भवेशकुमार सिंह

काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, इटालीको आठौँ अधिवेशन स्थानीय मिलान शहरमा सम्पन्न भएको छ । अधिवेशनले सर्बसम्मतिबाट निर्विरोध रुपमा २०२३ – २०२५ को लागि भबेशकुमार सिंहको अध्यक्षतामा नयाकार्यसमिति निर्वाचित भएको एनआरएनए इटालीले जनाएको छ । आइसीसी सदस्यमा छबिलाल कँडेल उपाध्यक्षमा केशव गुरुङ र देवानन्द बराल, महासचिव अशोक उप्रेती, सचिव गोपाल मान श्रेष्ठ, सह–सचिव जीत बन्जारा, कोषाध्यक्ष दिर्घा थापा, सह–कोषाध्यक्ष बिना मंग्राती, युवा संयोजक हरि श्रेष्ठ, महिला संयोजक शिवा पाठक सदस्यहरू दिल बहादुर खत्री, लक्ष्मी उप्रेती, सागर कार्की निर्विरोध निर्वाचित हुनुभएको छ।
इटालीका लागि कार्यवाहक नेपाली राजदुत उत्तमकुमार शाहीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व संघका २०२१ – २०२३ का अध्यक्ष छविलाल कँडेलले गर्नु भएको थियो । महिला संयोजक बिना मगरातीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको अधिवेशनमा संघका उपाध्यक्ष भोजराज कँडेलले २०२१– २०२३ कार्यसमितिका गतिविधि माथि प्रकाश पर्नु भएको थियो । यसैगरी संघका पूर्व उपाध्यक्ष मनोज कुमार कार्की , नेपाल मितेरी मञ्च मिलानोकोका अध्यक्ष रोजन राना , आइसीसी सदस्य राजन चापागाईले अधिबेशन सफलतको शुभकामना दिदै एनआरएनए इटाली २०२१ –२०२३ कार्यकाल गरेका कामलाई धन्यबाद दिनुभयो। कार्यक्रम संघका बरिष्ठ सल्लाहकार रिचार्ड भण्डारीले आफ्नो कार्यकाल पूर्ण रुपमा सफल रहेको जानकारी गाराउँदै आउँदा दिनमा पनि नयाँ कार्यसमितिले पनि सहमति र सहकार्य गर्दै सबैलाइ समेटर आगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यवाहक राजदूत शाहीले इटालीबासी नेपालीको हकहितको लागि राजदूतावास एनआरएनए इटालीसँग हातेमालो गर्दै अगाडी बढ्ने जानकारी गराउदै अधिवेशन सफलताको कामना गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha