बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

एनआरएनए युगाण्डाको नेतृत्व रमा अर्यालले गर्ने

एनआरएनए युगाण्डाको नेतृत्व रमा अर्यालले गर्ने

  • Naveen Sanchar

  • सोमवार, साउन १५, २०८०

  • 173
    Views
एनआरएनए युगाण्डाको नेतृत्व रमा अर्यालले गर्ने

काठमाडौँ । गैर आवासीय नेपालीहरुको संस्था (एनआरएनए), राष्ट्रिय कार्यसमिति युगाण्डामा आगामी कार्यकाल २०२३–२५ का लागि विगत लामो समयदेखि संस्थामा क्रियाशील रमा अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । अध्यक्ष अर्याल लगायतका पदाधिकारीले युगाण्डामा बसोबास गर्ने गैरआवासीय नेपालीको हकहितका लागि सशक्त ढंगले कार्य गर्ने प्रतिबद्धता जनाउनुकासाथै, आफूलाई निर्वाचित गराउने सबैमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
वार्षिक साधारणसभाबाट राष्ट्रिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको एनआरएन युगाण्डाले जनाएको छ । संस्थाको महासचिवमा राजु थापा चयन हुनुभएको छ । साधारणसभाले सदस्यमा मुकेश मेहता, रमेश बुढा, बिनोद साउँद र रञ्जित गौतमलाई चयन गरेको एनआरएनए युगाण्डाले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha