शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

एनआरएनए साउदी अरेबियाको पहिलो महिला अध्यक्षमा रविना अर्याल

एनआरएनए साउदी अरेबियाको पहिलो महिला अध्यक्षमा रविना अर्याल

  • Naveen Sanchar

  • सोमवार, साउन १५, २०८०

  • 317
    Views
एनआरएनए साउदी अरेबियाको पहिलो महिला अध्यक्षमा रविना अर्याल

काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)साउदी अरबको पहिलो महिला अध्यक्षमा रविना अर्याल निर्वाचित हुनुभएको छ । संस्थाको नवौँ महाधिवेशनबाट साउदी अरवमा रहेका गैरआवासीय नेपालीको हकहितका लागि विगत लामो समयदेखि काम गर्दै आउनुभएकी अर्यालले सो जिम्मेवारी प्राप्त गर्नुभएको हो । उहाँलाई आफूलाई निर्वाचित गराउने सबै सदस्यलाई धन्यवाद ज्ञापन गर्दै संस्थाको उद्देश्यप्राप्तिका लागि सशक्त ढंगले कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई , उपाध्यक्षमा राजकुमार गिरी, कृष्णकुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी तथा महासचिवमा शुक्र तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत ,महिला संयोजकमा लक्ष्मी थापा मगर बिजयी भएको एनआरएनए साउदी अरेबियाले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha