
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित हुनुभएको छ । कार्यसमितिको महासचिवमा सन्तोष कुँवर एनएसडब्लु एससिसि स्टेट कोर्डिनेटरमा विनोद कुँवर, कोषाध्यक्षमा अर्जुन गौतम र सहकोषाध्यक्षम रोजी पन्त निर्वाचित हुनुभएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । सदस्यमा दिलिप शर्मा, विनय गुरुङ, ध्रुव गौतम, दिनेश लोहनी, ज्योति केसी, कृष्णप्रसाद कंडेल, नेत्र पाण्डे र रामु कंडेल विजयी हुनुभएको बताइएको छ । त्यस्तै युवा संयोजक मुक्तिराज रेग्मी र महिला संयोजक हेमा पाण्डे पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
महिला सदस्यमा ललिता तामाङ, अन्तराष्ट्रिय समन्वय परिपद् सदस्यका लागि बाबुराम खरेल, विजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र राम थापा अनिल निर्विरोध चयन हुनुभएको संस्थाले जानकारी दिएको छ ।