
काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्षमा नवीन न्युरे आगामी कार्यकाल २०२३–२५ का लागि निर्वाचित हुनुभएको छ । अनलाइन भोटिङ्ग प्रणालीबाट सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा सचिन श्रेष्ठ, सुवास लामिछाने, देवराज उप्रेती, कृष्ण गैरे शर्मा र सिद्धार्थ श्रेष्ठ विजयी हुनुभएको छ ।
महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी, महासचिवमा टिकाराम खरेल सचिवमा अर्जुन थापा बगाले, दिपेश केसी खत्री र दिलिप कँडेल तथा महिला सचिव पदमा चन्द्राकुमारी केसी निर्वाचित हुनुभएको छ ।
कोषाध्यक्षमा दिपक सुनार, सह कोषाध्यक्षमा रामबहादुर थापा र महिला सहकोषाध्यक्ष पदमा अञ्जु भण्डारी निर्विरोध निर्वाचित हुभएको एनआरएनए जापानले जनाएको छ ।
त्यस्तै युवा संयोजक मुक्तिराज रेग्मी र महिला संयोजक हेमा पाण्डे पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।सदस्यमा दिलिप शर्मा, विनय गुरुङ, ध्रुव गौतम, दिनेश लोहनी, ज्योति केसी, कृष्णप्रसाद कंडेल, नेत्र पाण्डे र रामु कंडेल विजयी हुनुभएको जनाइएको छ ।
महिला सदस्यमा ललिता तामाङ निर्वाचित हुनुभएको छ । अन्तराष्ट्रिय समन्वय परिपद् सदस्यका लागि बाबुराम खरेल, विजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र राम थापा अनिल निर्विरोध चयन हुनुभएको एनआरएनए जापानले जनाएको छ ।