
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका नवनिर्वाचित पदाधिकारीलाई आठौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेर्ले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । महाधिवेशनबाट एनआरएनए मलेसियाको अध्यक्षमा पुनः विनोद थापा निर्वाचित भएका छन् ।
अध्यक्षसहित अन्य सवै पदमा निर्विरोध निर्वाचित भएको एनआरएनए मलेसियाले जनाएको छ । उपाध्यक्षहरुमा हेमराज सापकोटा, रंजित कुमार क्षेत्री, अरुण गिरी र दिल कुमार केरुङलाई चयन गरिएको छ । त्यस्तै युवा उपाध्यक्ष नारायण अधिकारी र महिला उपाध्यक्षे लीला मगर रहनुभएको छ ।
कार्यसमितिको महासचिव टेक बहादुर अधिकारी, सचिव श्याम बहादुर श्रेष्ठ र विशु प्रसाद बराल छनोट हुनुभएको छ । कोषाध्यक्ष बाल ध्वज लिम्बू, सहकोषाध्यक्ष विमल राना, युवा संयोजक राजु लामा र महिला संयोजक ईन्दु बस्नेत चयन हुनुभएको छ । कार्यसमिति सदस्यमा विष्णु चौधरी, राजु कुमार श्रेष्ठ, भेशराज ज्ञवाली खेम राज खत्री र विजय मण्डल निर्वाचित हुनुभएको संस्थाले जनाएको छ ।
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनमा एनआरएनए उपाध्यक्ष आरके शर्मा, धर्मराज अधिकारी, युवा उपाध्यक्ष राज रेग्मी,सचिव खगेन्द्र न्यौपाने,सचिव प्रविन गुरुङ,एशिया प्याशिफिक डिआरसी हरि भट्टराई,एनसीसी कम्बोडियाका अध्यक्ष लालसिंह खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।