
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकले दराजबाट सामान किन्दा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक र दराज क्यामू प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता पश्चात उक्त बैंकका कार्डवाहकले हरेक विहीबार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा रु ५०० सम्म छुट पाउनेछन् । यसका साथै बैंकबाट अगस्ट १ तारिख पश्चात नयाँ कार्ड प्राप्त गर्नुहुने ग्राहकहरुले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप रु १५० सम्मको भौचर प्राप्त गर्न सक्ने बैंकले नवीनसञ्चारलाई पठाएको प्रेस विज्ञप्तिमा जनाएको छ ।
दराज क्यामुको रोटरी कम्पलेक्स, थापाथलीस्थित कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै बैंकका मास बैकिङ्ग अधिकृत रोशन मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डवाहकलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गर्नुभयो । सो अवसरमा दराजका प्रमुख सञ्चालन अधिकृत विमल अर्यालले दराज समग्र ईकमर्स क्षेत्रको विकासको लागि प्रतिवद्ध रहेको जनाउदै आगामी दिनहरुमा समेत बैंकसँग सहकार्य गर्दै अगाडि बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्र्धन गर्दै जाने बताउनुभयो ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।