बिहिबार, असार ११, २०८३ | June 25, 2026

गायत्री गोसाईंलाई ‘नेक्स्ट सुपर मोडल २०२३’ को उपाधि

गायत्री गोसाईंलाई ‘नेक्स्ट सुपर मोडल २०२३’ को उपाधि

  • Naveen Sanchar

  • शनिबार, साउन १३, २०८०

  • 306
    Views
गायत्री गोसाईंलाई ‘नेक्स्ट सुपर मोडल २०२३’ को उपाधि

काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२३’ को शीर्ष ताज गायत्री गोसाईंले पहिरिएकी छन्।

सोमबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा गोसाईंले शीर्ष उपाधीसँगै विधागततर्फको मस्ट पपुलर अवार्डसमेत हात पार्न सफल भइन्।

त्यस्तै, संगीना इटनीले फर्स्ट रनर अपको उपाधिसँगै मिस फोटोजेनिक अवार्ड हात पारिन्। विधागत अवार्डतर्फ बेस्ट ड्रेस सुष्मा तामाङ, मिस ट्यालेन्ट उषा पुन र बेस्ट वाक आस्था श्रेष्ठ घोषित भए।

मोडल संघ नेपालद्वारा उत्कृष्ट सुपर मोडलको खोजीस्वरुप सुरु गरेको उक्त प्रतियोगितामा छनोट चरण पार गरेर आएका प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास तथा मोडलिङ क्षमता अभिवृद्धिसम्बन्धी करिब एक महिना लामो प्रशिक्षणपश्चात प्रतिस्पर्धीहरुलाई अन्तिम स्पर्धामा स्टेजमा उतारिएको आयोजक संस्था मोडल संघ नेपालकी अध्यक्ष स्वस्ती दंगालले बताइन्।

रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा संचालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धिरज तण्डुकार, प्रमिला सिलवाल र सजिना बिष्ट त्रिपाठी निर्णायक रहेका थिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha