बिहिबार, मंसिर १४, २०८० | November 30, 2023

फ्रान्सले नेपाललाई दियो ७ लाख फाइजर खोप

फ्रान्सले नेपाललाई दियो ७ लाख फाइजर खोप

  • Naveen Sanchar

  • शुक्रबार, साउन १२, २०८०

  • 108
    Views
फ्रान्सले नेपाललाई दियो ७ लाख फाइजर खोप
Nepalgunj Bheri Hospital Pfizer-BioNTech vaccination

काठमाडौं। फ्रान्स सरकारले कोभ्याक्स सुविधामार्फत कोभिड-१९
विरुद्धको ७ लाख फाइजर खोप नेपाललाई प्रदान गरेको छ । सो अनुदानलाई जुन र जुलाई महिनामा प्राप्त भएको छुट्टाछुट्टै ढुवानीमा विभाजन गरिएको थियो, जसको अन्तिम किस्ता शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।२०२१ को शुरुवातमा कोभिड-१९ विरुद्धको खोपको विश्वव्यापी अभियान शुरु हुँदा कोभ्याक्स  संयन्त्रलाई खोपहरू प्रदान गर्ने पहिलो देश फ्रान्स थियो। कोभ्याक्स दाता देशमध्ये फ्रान्स उच्च स्थानमा रहेको युनिसेफ नेपाल र फ्रान्सेली राजदूतावासले नवीनसञ्चारलाई जानकारी दिए ।
सो अवसरमा नेपालका लागि फ्रान्सेली राजदूत महामहिम गिल्स बोरबाओले फ्रान्सका कोभिड-१९ जस्ता विश्वव्यापी समस्या सम्बोधन गर्न बहुपक्षीय मञ्चमा साझेदारसँग काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । फ्रान्सले यसअघि सन् २०२२ मा कोभ्याक्स मार्फत नेपाललाई एस्ट्राजेनेका कोभिड-१९ खोपको ६८५,४०० मात्रा प्रदान गरेको थियो र अप्रिल २०२३ मा संयुक्त युरोपेली संघको एक हिस्साका रूपमा १९५,८४० फाइजर खोप प्रदान गरेको थियो। नेपालमा हाल दैनिक नयाँ कोरोना संक्रमणको  संख्या तुलनात्मक रुपमा कम भएता पनि नेपाल सरकारले अझै पनि समुदायको सुरक्षाको निरन्तर आवश्यकतालाई ध्यानमा राख्दै खोप कार्यक्रम सञ्चालन गरिरहेको छ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha