शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

एभरेष्ट बैंकको १२७ औँ शाखा जनकपुरको मुरलीचोकमा, सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने

एभरेष्ट बैंकको १२७ औँ शाखा जनकपुरको मुरलीचोकमा, सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने

  • Naveen Sanchar

  • शुक्रबार, साउन १२, २०८०

  • 293
    Views
एभरेष्ट बैंकको १२७ औँ शाखा जनकपुरको मुरलीचोकमा, सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले जनकपुरको मुरली चोकमा शुक्रबार १२७ औँ शाखा उद्घाटन गरेको छ ।
जनकपुर उप–महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बैंकका मधेश प्रदेश प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष झाले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रुपमा मुरली चोकमा बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताउनु भयो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्धता व्यक्त गर्नुका साथै पञ्जाब नेशनल बैंक भारतसँगको साझेदारीले स्थानिय बासिन्दालाई रेमिटान्स र अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । योसंगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १४ पुगेको छ । देशका विभिन्न गाउँ तथा शहरमा रहेका ग्राहकलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ सो शाखा स्थापना गरिएको बैंकले जनाएको छ ।

बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहक रहेका छन् । १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha